birat ribon

वैज्ञानिकहरूको दाबी : यस जनावरबाट कोरोनाको उपचार हुन्छ

Neuro
वैज्ञानिकहरूको दाबी : यस जनावरबाट कोरोनाको उपचार हुन्छ

एजेन्सी, २८ वैशाख । वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको उपचार पाउन विश्वव्यापी रूपमा कडा परिश्रम गरिरहेको बेलामा अमेरिका र बेल्जियमका वैज्ञानिकहरूले कोरोना भाइरसलाई रोक्नका लागि सफलता हासिल गरेको दाबी गरेका छन् ।

cura insider

मेडिकल बायो टेक्नोलजीका लागि बेल्जियमको गेन्ट युनिवर्सिटी र अष्टिनको टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार विन्टर भनिने लामा (उटको एक प्रजाति) कोभिड १९ को उपचारको लागि उपयोगी साबित हुन सक्छ ।

अनुसन्धानकर्ताहरूको टोलीले बर्षौं अघि सार्स वा मर्स जस्ता भाइरसहरूको प्रतिरोध गर्ने एन्टिबडीहरूको खोजी गरिरहेका थिए ।

यसका लागि बेल्जियमको ग्रामीण क्षेत्रमा पाइने लामा र भेडाहरूको बारेमा अनुसन्धान भइरहेको थियो ।

इकोनोमिक टाइम्सका अनुसार वैज्ञानिकहरूले विन्टर लामाको रगतबाट एन्टिबडीहरू बनाएर मानव कोषहरूलाई कोरोना भाइरसबाट जोगाउन सक्नेदाबL गरेका छन् ।

यी लामाहरूले बिरामी हुँदा दुई प्रकारका एन्टिबडीहरू उत्पादन गर्छन् ।

यीमध्ये एउटा एन्टिबडी ठ्याक्कै मानव प्रतिरक्षा प्रणालीले बनाएको जस्तो हुन्छ ।

अध्ययनका वरिष्ठ लेखक तथा आणविक जैव विज्ञानका सहयोगी प्राध्यापक जेसन म्याक्लेलनले यो पहिलो एन्टिबडी हो जसले सार्स-कोभ २ लाई कमजोर बनाउन सक्ने बताए ।

कोरोनाको सम्भावित उपचार खोपको सट्टा एन्टिबडी थेरापी हुनेछ जसले मानिसहरूलाई छिटो निको पार्ने काम गर्छ ।

वैज्ञानिकहरूको टोलीले यो परीक्षण अन्य स्तनपायी जीवहरूमा गर्ने योजना बनाइरहेको छ । टोलीले सन् २०२० को अन्त्यसम्ममा मानव परीक्षण सुरु गर्ने आशा राखेको छ ।

jackson ribon