birat ribon

झापा र भोजपुरका पुरुषले जिते कोरोना भाइरस, विराटनगरबाट डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

Neuro
झापा र भोजपुरका पुरुषले जिते कोरोना भाइरस, विराटनगरबाट डिस्चार्ज हुनेको संख्या १६ पुग्यो

विराटनगर, २८ वैशाख । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना डिस्चार्ज भएका छन् ।

आइतबार कोरोनामुक्त भएका झापा र भोजपुरका एक–एक जना डिस्चार्ज भएका हुन् ।

cura insider

भाेजपुरका युवक गत १३ वैशाख र बाह्रदशीका मस्लिम धर्म गुरू १४ बैशाखमा अस्पतालमा भर्ना भएका थिए ।

उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएकाे थियाे ।

‘उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौं,’ कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले भने, ‘जनप्रतिनिधिको समन्वयमा उहाँहरू घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।’

आइतबार दुईजना डिस्चार्ज भएसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

१६ जना डिस्चार्ज भएपनि अस्पतालमा चारजना बिरामी थपिएका छन् । डा. सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् ।

jackson ribon