birat ribon

ग्रान्ड स्लामको पुरस्कार राशी वृद्धि गर्न खेलाडीहरूको प्रस्ताव

Neuro
ग्रान्ड स्लामको पुरस्कार राशी वृद्धि गर्न खेलाडीहरूको प्रस्ताव

एजेन्सी, २८ वैशाख । ग्रान्ड स्लाममा सहभागी हुने खेलाडीहरूले आफूहरूले पाउनु पर्ने पुरस्कार राशीमा वृद्धि हुनुपर्ने प्रस्ताव गर्ने भएका छन् ।

cura insider

वार्षिक रूपमा आयोजना हुने टेनिसका मुख्य चार प्रतियोगिता अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बलडन र यूएस ओपनमा विजेतालाई दिइने पुरस्कार रकम वृद्धि गर्न टेनिस खेलाडी परिषद्का अध्यक्ष नेभाक जोकोविचले पहल सुरु गरेका छन् ।

परिषदका दुई सक्रिय खेलाडी जोकोविच र भसेक पोसिसिल ग्रान्ड स्लामले खेलाडीहरूलाई दिने पुरस्कार रकम आयोजकको आम्दानीको तुलनामा ज्यादै थोरै भएको भन्दै रकम वृद्धि गरिनु पर्ने प्रस्ताव अघि सारिएको बताउँछन् ।

विश्वमा टेनिस खेलाडीहरूले राम्रै आम्दानी गर्ने गरेका छन् । तर पनि आफूहरूले पाउनुपर्ने जति रकम नपाएको खेलाडीहरूको गुनासो हुने गरेको छ ।

सन् २०२० को अष्ट्रेलियन ओपनमा विजेता खेलाडीहरूले पुरस्कार स्वरुप कूल ४२ मिलियन युरो पाएका थिए जबकि प्रतियोगिताको कूल आम्दानी दुई सय मिलियन युरो रहेको थियो ।

खेलाडीहरूलाई दिइएको पुरस्कार रकम अघिल्लो वर्षको तुलनामा २० प्रतिशत भने बढी हो ।

परिषद्का अध्यक्ष एवम् खेलाडी जोकोविचले विश्व वरीयताको २५० देखि ७००औं स्थानसम्म रहेका व्यवसायीक खेलाडीहरूलाई कोभिड–१९ सँगको युद्धमा लड्न आर्थिक सहयोग सुरु गरिसकेका छन् ।

उनले टेनिसका अन्य दुई महान खेलाडी रोजर फेडरर र राफल नाडालको सहयोगमा विश्वका शीर्ष वरीयताका अन्य खेलाडीहरूसँग सहकार्य गर्दै सहयोग सुरु गरेका हुन् ।

jackson ribon