birat ribon

न्यूयोर्कमा कोरोना भाइरसको अनौंठो लक्षण देखिएका ३ बालबालिकाको मृत्यु

Neuro
न्यूयोर्कमा कोरोना भाइरसको अनौंठो लक्षण देखिएका ३ बालबालिकाको मृत्यु

एजेन्सी, २८ वैशाख । अमेरिकी राज्य न्यूयोर्कमा ३ बालबालिकाको हालै मृत्यु भएको छ ।

cura insider

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणसँग जोड्न मिल्ने एक रहस्यमय रोगका कारण उनीहरूको मृत्यु भएको गभर्नर एन्ड्रिउ एम कुमोले बताएका छन् ।

द न्यूयोर्क टाइम्स‘मा उल्लेख गरिएअनुसार यसै साता पत्ता लागेको यो नयाँ रोगमा चिन्ताजनक वृद्धि देखिएसँगै ७३ बालबालिकामा पनि संक्रमण देखिएको जनाएको छ ।

रहस्यमय लक्षणहरू देखिएका उक्त रोगलाई कावासाकी रोगसँग मिल्दो जुल्दो देखिएको छ ।

यो रोग लागेका बिरामीको छाला, आँखा, रक्तनली र मुटुमा जलन हुने, बालाबालिकालाई गम्भीर बिरामी गराउने र केहीलाई त भेन्टिलेटरको समेत आवश्यकता पर्ने हुन्छ ।

गभर्नर कुमोले यी बच्चाहरूलाई अस्पतालमा ल्याउँदा उनीहरूमा कोरोना भाइरससँग सम्बन्धित श्वासप्रश्वासका लक्षणहरू देखिएका थिएनन्, तर ती सबैले कोरोना भाइरसबाट फैलाउने रोग कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ देखिएका थिए ।

कुमोले अभिभावकहरूलाई बालबालिकामा लामो समयसम्म ज्वरो आउने, धेरै पेट दुख्ने, छालाको रंग परिवर्तन हुने, मुटुको धड्कन छिटोछिटो हुने र छाती दुख्ने समस्या आएमा चनाखो हुन आग्रह गरेका छन् ।

jackson ribon