birat ribon

भारतले भूमी मिचेको बिषयमा सांसदहरुको सरकारलाई प्रश्नै प्रश्न

Neuro
भारतले भूमी मिचेको बिषयमा  सांसदहरुको सरकारलाई प्रश्नै प्रश्न

कठमाण्डौ , २८ बैसाख । नेपाली भूभाग मिचेर भारतले चीनको मानसरोबर सम्म जाने सडक मार्ग निर्माण गरेर सञ्चालनमा ल्याएकोबारे प्रतिनिधि सभा सांसदहरुले सरकारलाई प्रश्नको ओइरो लगाएका छन ।

Padelux insider
cura insider

आइतबार प्रतिनिधि सभाको बजेट अधिबेशनको दोस्रो दिनको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले भारतले मिचेको भूमी फिर्ता गराउन सरकारको तयारी के कस्तो छ भन्ने जानकारी माग्दै प्रश्नको ओइरो लगाएका हुन ।

आईतबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट परराष्टमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद सुल्झाउन कुटनीतिक पहल भईरहेको जानकारी गराएपछि सांसदहरुले मन्त्रीलाई प्रतिप्रश्न गरेका थिए ।

सांसद जर्नादन शर्माले भूमी अतिक्रमण समस्यामा सरकारले डिप्लोमेटिक नोट जारी गरेर मात्रै पुग्दैन भन्दैमे १५ मा चीन र भारतबीच भएको सम्झौता जानकारी गराउन सरकारसँग आग्रह गरे ।

सांसद गगनकुमार थापाले भारतीय हस्तक्षेपको घोर भत्र्सना गर्दै भारतले प्रस्ट रुपमा आफनो भूमीमा सडक बनाएको हो भनेर भनिसक्दा पनि नेपालले रिग्रेड गरेर मात्रै बस्नु दुखद हो भने ।

उनले हाम्रो भुमि प्रयोग गर्न तिमिलाई दिदैनौ भनेर अब्जेक्ट गर्न सरकारलाई आग्रह गरे । उनले भारतको दादागिरि र चीनको न्यायो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेससँग सिंगो नेपाली जनता तयार छ भने चेतावनी दिए ।

सांसद सुरेन्द्र प्रसाद पाण्डेले खास खास घटनाहरुमा मात्रै स्टेटमेण्ट दिएर चुपलागेर बस्ने गरेकैले नेपाली भूमी अतिक्रण हुनक्रम बढदै गएको भन्दै अब समस्यालाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए । उनले गुमेको नेपाली भूमी फिर्ता ल्याउन सरकारसँग के कस्तो योजना छ भन्दै जानकारी गराउन माग गरे ।

सांसद दिलेन्द्र प्रसाद बडूले सरकार लामो निन्द्रबाट ब्युझिएको भन्दै डिप्लोमेटिक नोट पठाएर मात्रै नपुग्ने र नेपाली भूमी कहिलेदेखी कति कहाँ कहाँ मिचियो र फिर्ता गराउन के कस्तो तैयारी छ भन्ने सम्पुर्ण जानकारी माग गरे ।

सांसद महन्थ ठाकुरले सिमा विवाद देखिएका क्षेत्रमा सरकारको उपस्थिति थियो कि थिएन भनेर पश््रन गर्दै जानकारी माग गरे ।

सांसद सरिता गिरीले सरकारले भारतसंगको सिमा विवादको अति राजनीतिकरणको विषय बनाउन खोजेको हो कि भनेर शंका गर्दै बाटोका बारेमा चीनलाई कुटनीतिक पत्राचार भएको छ कि छैन भन्दै प्रश्न गरिन ।

सांसद दुर्गा पौडेले इण्डियाले अटेर गरेर नेपाली भूमी मिचेर लैजान खोजेको भन्दै विषयलाई अन्तराष्ट्रिय अदालतमा लानेबारे सरकारको धारणा माग गरे ।

सांसद राजेन्द्र प्रसाद लिङदेन सडक निर्माण हुदै गरेको थाहा हुदा हुदै सरकारले चुपचाप हेरेर बस्नुले लाचारी प्रकट गरेको बताए ।

उनले गत नोमेम्बरमा भारतले राजनीतिक नक्सा प्रकाशित गरेपछि संसदीय समितिले सरकारलाई देशको नयाँ नक्सा प्रकाशित गर्न आग्रह गरेपछि सरकार सुतेर बसेको आरोप लगाए ।

उनले सरकार सिमा र सार्वभौमिक विषयलाई ढाकछोप गर्न लागेको भन्दै दुख व्यक्त्त गरे ।
सांसद भीम बहादुर रावले भारतले अतिक्रमण गरेकोमा सम्पुर्ण नेपाली जनताको तर्फबाट

भत्र्सना गर्दै भारतको कार्य अन्तराष्ट्रिय कानुनको विरुद्ध भएको बताए । उनले भूमी अतिक्रमण गर्नु छिमेकी सभ्य समाजको विरुद्धको कार्य हो भने ।

उनले नेपाली भूमी र कालापानीबाट भारतीय सेना फिर्ता गर्न गराउन माग गरे । नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई किन गाह्रो भएको हो भनेर संसाद रावलले प्रश्न गरे ।

सांसद मिनेन्द्र रिजालले सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टीका गाली गर्ने डिफेन्स गर्ने दुई मोर्चामा बिभाजित भएको आरोप लगाए ।

उनले एमसीसीमा जस्तै भूमी अतिक्रमणबारे पनि एउटा मोर्चा सत्तोसराप गर्ने र अर्को मोर्चा बोकेर हिड्न तैयार भएको बताए । उनले सकराले प्रोटेस्ट नोट पठाएर मात्र नपुग्ने ठोस एक्सन पनि लिनपर्छ भने ।

सासद कृष्णभक्त पोख्रेल सार्वभौम सत्तामाथिको आक्रमण विरुद्ध दुईपक्षीय बहुपक्षी वार्ता संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्दै समाधान नभए संयुक्तराष्ट्रसंघ र अन्तराष्ट्रिय अदालतमा जान सरकारलाई आग्रह गरे ।

सांसद पुष्पा भुसालले १८१६मा भएको सुगौलि सन्धीको बुँदा नम्बर ५ मा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो भनेर प्रष्ट लेखिएकोले मिचिएको भूमी नेपालकै हो भन्नेमा कुनै शंका नभएपनि भूमिसुधार मन्त्रीले लिम्पिया धुरा नेपालको नक्सामा छैन भनेर गैह जिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाइन ।

उनले मन्त्रीका गैह्जिम्मेबार अभिव्यक्तिको जिम्मा लिन सरकारलाई आग्रह गरिन ।
सांसदहरु खगराज अधिकारी, दिव्यमणि राजभण्डारी, लालबाबु पण्डित लगायतले आफुहरुले बोल्नका लागि समय नपाएको भनेर उठेर विरोध गरेका थिए ।

jackson ribon