आठ वर्षको उमेरदेखि नै अभिनेत्री बन्न चाहन्थिन् आलिया

विराटनगर, २८ वैशाख । बलिउडमा पहिचान बनाउनुअघि र अभिनय सुरु गर्नुभन्दा धेरैअघि आलिया भट्ट आफ्नी आमा सोनी राजदान र बुबा महेश भट्ट तथा दिदी शाहिनसँग एक कार्यक्रममा सहभागी भएकी थिइन् ।

‘जिना इसीका नाम हे’ नामको कार्यक्रमका सञ्चालक अभिनेता सुरेश ओवरोयको भविष्यमा के बन्ने भन्ने प्रश्नमा अलियाले ‘म अभिनेत्री बन्छु’ भन्ने जवाफ दिएकी थिइन् ।

हालै उक्त कार्यक्रमको भिडियो आलियाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

त्यतिबेला आलिया ८ वर्षकी मात्र थिइन् ।

उक्त कार्यक्रममा शाहिनले भने आफू लेखक बन्ने बताएकी थिइन् ।

कार्यक्रममा महेश भट्ट, सोनी, अलिया, शाहिनका साथ अभिनेत्री पूजा भट्ट पनि थिइन् ।

आलियाकी आमा सोनी राजदान एक अभिनेत्री हुन् भने महेश भट्ट बलिउडका प्रसिद्ध फिल्मकर्मी हुन् ।

आलियाले निदेशक तथा निर्माता करण जोहरको स्टूडेंट अफ द ईयरबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

फिल्ममा आलियाका साथ अभिनेता वरुण धवन र सिद्धार्थ मल्होत्राको अभिनय रहेको थियो ।

त्यस बेलादेखि आलियाले हाईवे, हम्प्टी शर्मा की दुल्हनिया, बद्रीनाथ की दुल्हनिया, राजीलगायत धेरै सफल चलचित्रहरूमा काम गरिसकेकी छिन् ।

Loading...