birat ribon

नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको विरोधमा नेमकिपाद्वारा विरोध प्रदर्शन

Neuro
नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको विरोधमा नेमकिपाद्वारा विरोध प्रदर्शन

भक्तपुर, २८ वैशाख । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ ।

Padelux insider
cura insider

आइतबार नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा भक्तपुरको कमलविनायकबाट विरोध जुलुस प्रदर्शन सुरु भएको थियो ।

नेमकिपाका युवा नेता एवं वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको अगुवाइमा भएको विरोध प्रदर्शन कमलविनायकबाट शुरु भई दत्तात्रय, सुकुलढोका, टौमढी हुँदै सूर्यविनायक पुगेर सम्पन्न भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका क्रममा प्रदर्शन गरेको विरोध र्‍यालीमा भारतको विस्तारवादविरुद्ध र नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहितको नारा लगाएका थिए ।

नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले बारम्बार नेपालको भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय विस्तारवादको नीति र लिपुलेकको सडक निर्माण रोकेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको बताए ।

सरकारले यो समस्यालाई कूटनीतिक पहलबाट मात्र समाधान गर्न नसक्ने भन्दै तत्काल यसलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उनले बताए ।

नेक्राविसङ्घका अध्यक्ष सुदिन ख्याजू र समापनका क्रममा सूर्यविनायकमा नेक्रायुसङ्घका अध्यक्ष मीनबहादुर बाटाले नेपाली भूमिमाथिको भारतीय हस्तक्षेप कुनै हालतमा सह्य नहुने बताए ।

jackson ribon