birat ribon

इटालीमा कोभिड–१९ बाट निको हुनेको संख्या १ लाख नाघ्यो

Neuro
इटालीमा कोभिड–१९ बाट निको हुनेको संख्या १ लाख नाघ्यो

एजेन्सी, २८ वैशाख । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित हुनेमध्ये एक इटालीमा कोभिड–१९ बाट निको हुनेको संख्या १ लाख नाघेको छ ।

हालसम्म इटालीमा निको भएर घर फर्किनेको संख्या १ लाख ३ हजार ३१ पुगेको हो । युरोपियन युनियनभित्रका देशमा इटाली सबैभन्दा बढी प्रभावित भएको देश हो ।

cura insider

शनिबार १ सय ९४ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको कुल संख्या ३० हजार३ सय ९५ पुगेको छ ।

इटालीमा पछिल्ला दिनहरूमा मृत्यु हुनेको संख्या लगातार कम हुँदै आएको छ ।

शुक्रबार इटाली मा २ सय ४३ को मृत्यु भएको थियो भने बिहीबार २ सय ७४ जनाले ज्यान गुमाएका थिए ।

इटालीमा कुल संक्रमितको संख्या दुई लाख १६ हजार २ सय ६८ पुगेको छ ।

त्यस्तै, ८४ हजार ८ सय ४२ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये १ हजार ३४ जनाको अवस्था गम्भीर छ ।

संक्रमण दर पनि कम हुन थालेपछि लकडाउन केही खुकुलो पार्न थालिएको छ ।

jackson ribon