birat ribon

अध्ययन भन्छ : पुरुषहरू भाइरसको बढी जोखिममा हुन्छन्

Neuro
अध्ययन भन्छ : पुरुषहरू भाइरसको बढी जोखिममा हुन्छन्

एजेन्सी, २८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट पुरुषभन्दा महिला धेरै सुरक्षित हुने विभिन्न अनुसन्धानहरूले बताउँछन् ।

cura insider

पुरुषहरू महिला भन्दा बढी जोखिममा किन हुन्छन् भन्ने एउटा महत्त्वपूर्ण प्रश्न बनिसकेको छ ।

एनएचएस इंग्ल्याण्ड र किंग्स कलेज लन्डनले उक्त प्रश्नको उत्तर पत्ता लगाउन कोशिस गर्दै छन् ।

मेनोपज विशेषज्ञ डा. लुइस न्यूजनका अनुसार एस्ट्रोजेन हार्मोन रोगसँग लड्न महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँछन् ।

डा. लुइस, कोभिड ट्र्याकर एप सञ्चालन गर्ने किंग्स कलेज लन्डनको टोलीसँग नजिकबाट काम गरिरहेका छन् ।

अन्वेषकहरूले ट्रयाकर एपको माध्यमबाट प्राप्त जानकारी विस्तार गरेर एस्ट्रोजेनले परिणामलाई असर गर्न सक्षम छ वा छैन भनेर पत्ता लगाउने कोशिसमा छन् ।

डा. लुइसका अनुसार महिलाहरूमा पुरुषहरूभन्दा भाइरससँग लड्न बढी क्षमता हुन्छ र भाइरससँग प्रतिस्पर्धा गर्ने कोषहरूमा एस्ट्रोजेन रिसेप्टर्स हुन्छ ।

उनले महिलाहरूले एस्ट्रोजेनमा प्रतिक्रिया दिन्छन् र एस्ट्रोजेनले कोषहरूलाई पुन: प्रोग्राम गर्न र अधिक प्रभावकारी बनाउन संख्या वृद्धि गर्न सक्ने बताए ।

एस्ट्रोजेन हार्मोनले महिलाहरूको प्रजनन प्रणालीको विकासमा मद्दत गर्छ ।

jackson ribon