birat ribon

लकडाउनमा ४१ दिनदेखि निःशुल्क खाना खुवाउँदै विराटनगरका युवाहरू (फोटो फिचर)

Neuro
लकडाउनमा ४१ दिनदेखि निःशुल्क खाना खुवाउँदै विराटनगरका युवाहरू (फोटो फिचर)

विराटनगर, २८ वैशाख । विराटनगरका युवाहरूले ४१ दिनदेखि साँझ-बिहान निरन्तर लकडाउनमा भोकै परेका तीन सय जनाभन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।

युवाहरू वसिम आलम, पप्पु अन्सारी, पेरिस सुबेदी, प्रज्वल अधिकारी, सञ्जु सापकोटा, दीपा दर्नाल, विकास महतो, दीपेन मरिक, भवेश पौडेल, रानिश लामा, मिङ्मा तामाङ र कृष्ण आलेहरूको समूह लकडाउनमा भोकै परेकाहरूलाई साँझ बिहान खाद्यान्न जोहो गरेर खाना पकाएर खुवाउन सक्रिय छ ।

cura insider

यो समूहले हुरिवतास आएको र झरी परेको दिन पनि कसैलाई भोकै बस्न दिएको छैन । पालो मिलाएर युवाहरूको समूह साँझ-बिहान खाना पकाएर डिब्बामा प्याक गरेर सडकमा लगेर भोकाहरूलाई बाँडदै आएका छन् । स्थानीय दाताहरूले दिएको स्वच्छिक सहयोगबाकेह यो समूहले सरकार र एनजीओको सहयोग स्वीकार गर्ने गरेको छैन ।

jackson ribon