प्रशिक्षणमा फर्किएको भोलिपल्ट नै घाइते भए उम्टिटी

एजेन्सी, २८ वैशाख । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना सेन्टर ब्याक सामुअल उम्टिटी घाइते भएको पुष्टि गरेको छ ।

शनिबारको व्यक्तिगत प्रशिक्षणमा फ्रान्सका स्टार उम्टिटी घाइते भएको बार्सिलोनाले जनाएको छ ।

सिउटाट स्पोर्टिभा जोआन ग्याम्परमा प्रशिक्षण गर्दा उनले दाहिने खुट्टामा चोट बोकेको बार्सिलोनाले जनाएको छ ।

तर, चोट गम्भीर नभएका कारण उनी चाँडै नै प्रशिक्षमा फर्किनसक्ने बार्साले जानकारी दिएको छ ।

बार्सिलोनाले गत शुक्रबारबाट मात्र व्यक्तिगत प्रशिक्षण सुरु गरेको हो ।

टिमको प्रशिक्षण भने अर्को शुक्रबारबाट सुरु गर्ने बार्साको योजना रहेको जनाइएको छ ।

कोरोना भाइरस महामारीका कारण बार्सिलोनाले दुई महिनायता ट्रेनिङ गरेको थिएन ।

Loading...