birat ribon

भारतमा कोरोना संक्रमितमध्ये झण्डै ३० प्रतिशत निको भए

Neuro
भारतमा कोरोना संक्रमितमध्ये झण्डै ३० प्रतिशत निको भए


नयाँदिल्ली, २८ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ३० प्रतिशत निको भएर घर फर्किएका छन् ।

सङ्क्रमितहरूको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरूको दर पनि बढ्दै गएको अधिकारीहरूले जनाएका छन् ।

cura insider

उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।

हाल भारतमा संक्रमितको संख्या ६० हजार पुगेको छ ।

शनिबारमात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस सङ्क्रमितहरू थपिएको जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।

सङ्क्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले बिरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरूको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्ष बर्धनले शनिबारले सङ्क्रमित र मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरूमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रोमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी सङ्क्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ ।”

यस तथ्यांकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरेका छन् ।

jackson ribon