birat ribon

नेगेटिभ व्यक्तिमा पोजिटिभ देखिएपछि खुल्न पाएन भुल्के गाउँको सिल

Neuro
नेगेटिभ व्यक्तिमा पोजिटिभ देखिएपछि खुल्न पाएन भुल्के गाउँको सिल

विराटनगर, २८ वैशाख । नुरी मस्जिदमा देखिएको कोरोना समुदायमा परीक्षणपछि फेला परेका संक्रमितलाई उपचारका लागि अस्पताल भर्ना गराएपछि फेरि संक्रमण देखिएको थिएन । यसैले त्रियुगा नगरपालिका– ३ भुल्के बस्तीको दैनिकी सामान्य अवस्थामा फर्कने प्रयासमा थियो । भुल्के बस्तीमा आउजाउ गर्न प्रशासनले लगाएको रोक पनि अब चाँडै खुल्ला हुने आशा स्थानीयमा बढेको थियो ।

तर संक्रमण रोक्नका लागि आह्वान गरिएको सिल खोल्ने तयारी हुँदै गर्दा पुनः चार जनामा कोरोना संक्रमण देखिएपछि स्थनीयको आशा निराशामा फेरिएको छ । पुनः संक्रमण देखिएपछि प्रशासनले बस्ती भित्र–बाहिर आउन–जान अझै पूर्ण निषेध गरिरहेको छ ।

cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार संक्रमणको इपी सेन्टर मानिएको भुल्केमा एक पटक परीक्षण गरी सिल खोल्ने तयारी थियो । तर परीक्षण गर्दा चारजनामा संक्रमण देखिपछि तैयारी स्थगित भएको छ ।

डा मेहतका अनुसार शनिबार भुल्केमा संक्रमण पुष्टि भएका महिलाहरू १८, ४३, ४५ र ५६ वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये तीनजनालाई शनिबार विराटनगर ल्याइएको छ । एकजनालाई आइतबार ल्याइँदैछ ।

२ सय ३४ को स्वाब परीक्षण गर्दा ४ पोजिटिभ

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी दोस्रो पटक भुल्केको नुरी मस्जिद आसपास बसोबास गर्ने २ सय ३४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा चारजनामा पोजिटिभ देखिएको बताउँछन् ।

उनका अनुसार ५ वैशाखमा नुरी मस्जिदमा बसेका १६ मध्ये १२ जना जमातीमा कोरोना देखिएपछि नेपाली सेना र स्वास्थ्य कार्यालयको टोलीले स्थानीयको नमूना संकलन गरेको थियो ।

समुदाय स्तरमा संकलन भएको नमुना परीक्षण गर्दा ८ वैशाखमा १४ र ९ वैशाखमा एकजनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबारसम्म भुल्केमा २८ जनामा संक्रमण देखिएको थियो । तीमध्ये १४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

शनिबार ४ जना थपिएपछि भुल्केमा मात्र संक्रमितको संख्या ३२ पुगेको छ । प्रदेश १ को झापामा २ र भोजपुरमा पनि एकजनामा कोरोना संक्रमण देखिएको छ ।

पहिलो नेगेटिभ फेरि कसरी भए पोजिटिभ ?

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदी पहिले स्वाब संकलन गर्दा गल्ती भएको हुनसक्ने बताउँछन् । यद्यपि, कोरोना संक्रमणको सुरुआती अवस्थामा भने रिपोर्ट नेगेटिभ देखिने उनको भनाइ छ ।

संक्रमित दुई महिला यसअघि संक्रमण पुष्टि भएका पुरुषको श्रीमती भएको बताउँदै उनले सुरुमा संक्रमणको सुरुमा रिपोर्ट नदेखिने बताउँछन् ।

सुरुमा नेगेटिभ देखिन सक्छ

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर मेहता संक्रमणको पहिलो एकसाता परीक्षण गर्दा कोरोना पोजिटिभ नदेखिने बताउँछन् ।

‘संक्रमणको सुरुमा रिपोर्ट नेगेटिभ देखिनसक्छ,’ उनी भन्छन्, ‘हामीले २ सय ३४ जनामा परीक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको हो ।’ कोरोना पोजिटिभ देखिएकाहरू एउटै बस्तीका रहेकाले पुनः नफैलिएको उनको भनाइ छ ।

jackson ribon