काठमाण्डौ , २८ बैसाख । भारतले नेपाली भूमी मिचेर पश्चिम दार्चुला स्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव२२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।
दुई देशबीच सहमति र सन्धि भएर सीमाको सिमाङ्कन समेत भइसकेको अवस्थामा भारतले एकलौटी नेपाली भूमी मिचेर एकपक्षीयढंगबाट सडक निर्माण गरिनु दुःखद् र खेदजनक कार्य हो भन्दै पत्रकार महासघले गम्भिीर आपीत्त जनाएको हो ।
भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघका महासचिव रमेश बिष्टले भनेका छन ।
उनले भारतबाट नेपाली भूमीमा भएको अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गर्न सरकारको ध्यानआकर्षण गराएका छन ।