birat ribon

सीमा अतिक्रमण विषयमा त्रिदेशीय छलफल आवश्यक : प्रचण्ड

Neuro
सीमा अतिक्रमण विषयमा त्रिदेशीय छलफल आवश्यक : प्रचण्ड

काठमाण्डौ , २८ बैसाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय त्रिदेशीय छलफबाट समाधान गनुपर्ने बताएका छन ।

Padelux insider
cura insider

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौता पछि यो त्रिदेशिय समस्या भैसकेकोले तीनबटै देश बिचमा छलफल हुनुपर्ने बताएका हुन ।

उनले भने ‘लिपुलेक प्रकरण पछि यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ यसैले अब त्रिदेशिय छलफल हुनुपर्छ ।’

लिपुलेक मात्र नभएर भारत र चीनसँगको सिमा बिबादबारे अलगल छलफल भैसकेको पनि पुर्व प्रधानमन्त्री प्रचण्डले जानकारी गराए ।

सरकारको कुटनीति एक्सनमा पनि ठीक हुनुपर्छ

सरकारको बैदेशिक कुटनीति सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएर मात्रै नहुने वक्तव्य , पत्रचार , र कार्य पनि ठिक हुनुपर्ने बताएका हुन ।

समितिका अन्य सदस्यहरुले सरकारले ठीक लेटर मात्र पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष प्रचण्डले पनि उक्त कुरामा आफु सहमत भएको बताए ।

उनले सरकारको परराष्ट्र मन्त्रालयको तर्फबाट दिइएको वक्तव्य सैद्धान्तिक रुपमा भावनात्मक रुपमा पनि ठिक भएपनि एक्सन भने नभएको बताए ।

अन्तर्राष्ट्रिय अदालतमा लैजान सोच्नुपर्छ

अध्यक्ष प्रचण्डले बिषलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।

भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने प्रचण्डको भनाई छ ।

कालापानीमा भारतीय सेना झण्डै ६०÷६५ वर्ष पहिल्यै देखि बसिराखेको र त्यसको बारेमा गम्भिरता पूर्वक विषयलाई उठाउने रसमाधानको निम्ति पहल गर्ने कार्य विगत देखि अहिलेसम्म किन भएन भनेर विश्लेषण गर्न आवश्यक भएको प्रचण्डको तर्क छ ।

उनले गतवर्ष नै सरकारले सर्वदलिय र सर्वपक्षिय बैठक आह्वान गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने काम प्रधानमन्त्रीलाई दिएको भएपनि ठोस रुपमा अगाडि बढ्न नसकेको जानकारी गराए ।

jackson ribon