birat ribon

पानीमा डुबेर १ वृद्धसहित २ जनाको ज्यान गयो

Neuro
पानीमा डुबेर १ वृद्धसहित २ जनाको ज्यान गयो

विराटनगर, वैशाख २८ गते । झापा र सोलुखुम्बुमा पानीमा डुबेर १ वृद्धसहित २ जनाको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–पाराखोपी बस्ने ७३ वर्षीया किस्कु शनिबार दिउँसो २ बजे कमलखोलामा मृत फेला परेकी हुन् ।

cura insider

यसैगरी सोलुखुम्बुस्थित सोताङ गाउँपालिका– ३ खहरे बस्ने १८ वर्षीय दत्तसिंह राई हुगा खोलामा मृत फेला परेका छन् । राई वैशाख २४ गतेदेखि घरबाट अचानक हराएका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार राईको खोजतलास गर्ने क्रममा शनीबार अपरान्ह ४ बजे हुगा खोलामा उनको मृत शरीर भेटिएको थियो ।

jackson ribon