‘मेस्सी मात्र एक यस्ता खेलाडी हुन्, जसको तुलना गर्न सकिँदैन’

एजेन्सी, २८ वैशाख । पछिल्लो समय बार्सिलोनासँग जोडिएका ओसासुनाका खेलाडी चिमी अभिलाले लियोनल मेस्सीको प्रसंशा गरेका छन् ।

अर्जेन्टिनी स्टार अभिलाले हालै दिएको एक अन्तर्वार्ताका क्रममा अभिलाले मेस्सीको तुलना कसैसँग गर्न नसकिने बताए ।

२६ वर्षीय अभिला अहिले बार्सिलोनासँग जोडिएका छन् ।

सन् २०१९ देखि ओसासुनाबाट खेल्न थालेका अभिलाले मेस्सीसँग जो कोही पनि खेल्न चाहने बताए ।

‘जो कोही खेलाडी पनि मेस्सीसँग खेल्न चाहन्छन् र प्रशिक्षक जस्तै कोलो सिमोन पनि । मेस्सी एक त्यस्ता खेलाडी हुन्, जसको तुलना गर्न सकिँदैन,’ उनले भने ।

‘म सधैं मेस्सी नै भन्छु किनकी म्याराडोनालाई त मैले भिडियोमा मात्र हेरेको छु । मेस्सीविरुद्ध मैले खेलिसकेको छु । उनी अविश्सनीय छन्’, उनले भने ।

Loading...