birat ribon

करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु

Neuro
करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु

विराटनगर, २८ वैशाख । मोरङको बेलबारीमा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–९ का ३० वर्षीय दिलीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

cura insider

शनिबार अपरान्ह साँढे ४ बजेको समयमा स्थानीय दूधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर चौधरी घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा साँझ साँढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

jackson ribon