birat ribon

२८ अप्रिलपछि चीनमा संक्रमितको संख्या बढ्दो

Neuro
२८ अप्रिलपछि चीनमा संक्रमितको संख्या बढ्दो

एजेन्सी, २८ वैशाख । कोरोना भाइरस पछिल्लो डिसेम्बरमा पहिलो पटक देखा परेको चीनमा फेरि संक्रमितको संख्या बढ्दो छ ।

चीनमा कोरोना भाइरसको नयाँ संक्रमणको संख्या १४ पुगेको छ ।

cura insider

यो २८ अप्रिलपछि एकै दिनमा संक्रमित व्यक्तिहरूको सबैभन्दा ठूलो संख्या हो ।

यी १४ जना संक्रमितमध्ये दुई जना विदेशबाट आएका थिए । र, १२ स्थानीयमा प्रसारण भएका छन् भने तीमध्ये ११ संक्रमित उत्तर-पश्चिमी जिलिनबाट हुन् ।

यससँग, चीन मा संक्रमितको कुल संख्या ८२ हजार ९ सय १ पुगेको छ ।

कुनै एकको पनि मृत्यु नभएको जनाउँदै हालसम्म चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु रेकर्ड गरिएको छ ।

७८ हजार १ सय २० जना निको भइसकेका छन् । यसैबीच, २० वटा नयाँ एसिम्प्टोमेटिक घटनाहरू रिपोर्ट गरिएको छ जुन १ मे पछि सबैभन्दा ठूलो संख्या हो ।

एसिम्प्टोमेटिक केसहरूमा कोरोना परीक्षण गर्दा पोजिटिभ आएपनि ज्वरो, खोकी वा घाँटी दुखाइ जस्ता लक्षणहरू देखा पर्दैन ।

तर, उनीहरूले अरूलाई यो रोग फैलाउने जोखिम पैदा गरिरहेका हुन्छन् ।

उत्तर कोरियाको सीमामा रहेको चीनको उत्तर पश्चिमी प्रान्त चिलिनको शुआन शहर कोरोना भाइरसको संक्रमण वुहान जस्तै एक नयाँ गन्तव्य बन्न सक्ने अनुमान लगाइएको छ ।

शनिबार यस क्षेत्रमा ११ नयाँ संक्रमित भेटिएका छन् ।

jackson ribon