birat ribon

दलित वालिका बलात्कार गरेर फरार भएका आरोपी पक्राउ

Neuro
दलित वालिका  बलात्कार गरेर फरार भएका आरोपी पक्राउ

उर्लाबारी , २८ बैसाख । लकडाउनको समयमा दलित बालिका बलात्कार गरेर फरार भएका आरोपी पक्राउ परेका छन ।

१९ बैसाख २०७७ मा १२ बजे राति मोरङ मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलत्कार गरेर फरार भएका सोही ठाउँका २२ बर्षिय धिरेन मगर २८ बैशाख विहान पक्राउ परेका हुन ।

cura insider

आरोपी धिरेनलाई पक्राउ गरेर अनुसन्धानकालागि उर्लाबारी ईप्रकामा बुझाएको ईलाका प्रहरी मधुमल्लाका सई रामकाजी कटुवालले जानकारी दिए । बलात्कारमा परेकी वालिका हाल संरक्षण गृहमा छिन ।

लकडाउनको समयमा घरमा एक्लै भएको मौका पारेर छिमेकी धिरेनले दलित बालिकालाई ज्यान मार्ने धम्की दिई बलात्कार गरेका थिए । प्रहरीले धिरेनलाई जर्वदस्ती करणी मुद्दा दर्ता गराएको छ ।

jackson ribon