birat ribon

भारतप्रति सरकारको लाचारी खुला रुपमा प्रकट भयो : विप्लव

Neuro
भारतप्रति सरकारको लाचारी खुला रुपमा प्रकट भयो : विप्लव

विराटनगर, २८ बैशाख । नेपाली भू–भागमा भारतले बेरोक टोक बाटो बनाउँदा पनि सरकार चुपचाप लागेर बस्नुले सरकारको लाचारी प्रष्ट देखिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आरोप लगाएको छ ।

cura insider

पार्टीका अन्तराष्ट्रिय इन्चार्ज कञ्चनले शनिबार विज्ञप्ति प्रकाशित गर्दै चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रुपमा प्रकट भएको उल्लेख गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रुपमा प्रकट भएको छ ।’

‘भारतीय साम्रज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा र कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रुपमा आएको छ । यसले नेपालको सार्वभौमिकता, स्वाधनीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले त्यहाँबाट नहटेमा राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिएको छ । नेकपाले नेपालको भूभाग हडप्ने प्रक्रियामा सहभागी नहुन चीन सरकारलाई अपिल समेत गरेको छ ।

jackson ribon