birat ribon

भूपू गोरखा सैनिकको कोरोनाका कारण लण्डनमा निधन

Neuro
भूपू गोरखा सैनिकको कोरोनाका कारण लण्डनमा निधन

विराटनगर, २८ बैशाख । ताप्लेजुङ स्थायी घर भएका एक भूपू गोरखा सैनिकको कोरोना संक्रमणका कारण निधन भएको छ ।

cura insider

बेलायतमा रहेका ताप्लेजुङ मैवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ ।

jackson ribon