birat ribon

आजबाट संसदमा बजेट पूर्वको छलफल सुरु हुँदै

Neuro
आजबाट संसदमा बजेट पूर्वको छलफल सुरु हुँदै

काठमाडौं, २८ बैशाख । आज (आइतबार)देखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुँदैछ ।

cura insider

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु हुन लागेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने छन् ।

सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७÷७८का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गर्ने छन् ।

त्यसमा सांसदहरुले आ–आफ्ना धारणा राख्ने छन् ।

यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि डाकिएको छ ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ ।

jackson ribon