च्याम्पियन्स लिग : युभेन्टस र लियोनबीचको खेल अगस्ट पहिलो साता

एजेन्सी, २८ वैशाख । फ्रान्सेली क्लब लियोनका प्रशिक्षक जिन माइकल औलासले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब युभेन्टसविरुद्धको खेल अगस्टको पहिलो साता हुने खुलासा गरेका छन् ।

उनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेल ७ अगस्टमा हुने खुलासा गरेका हुन् ।

उनले ‘आरटीएल’सँगको कुराकानीमा भने, ‘युभेन्टसविरुद्धको दोस्रो लेगको खेल ७ अगस्टका लागि तय भएको छ । टुरिनमा हुने सो खेल बन्द रंगशालामा हुनेछ ।’

यसअघि यी दुईले २६ फेब्रुअरीमा पहिलो लेगको खेल खेलेका थिए, लियोनको मैदानमा भएको सो खेलमा घरेलु टोलीले जित निकालेको थियो ।

फ्रान्सेली क्लब लियोनसँग १–० गोलको हार ब्यहोरेको युभेन्टस टुरिनमा हुने दोस्रो लेगको खेलमा दबाबमा रहेको छ ।

Loading...