birat ribon

चितवनमा आफ्नै श्रीमतीको हत्या

Neuro
चितवनमा आफ्नै श्रीमतीको हत्या

चितवन, २८ बैशाख । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

cura insider

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो ।

हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् ।

घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।

jackson ribon