रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी, २८ वैशाख । यूएफसी फाइटर रोनाल्डो सौजालाई कोरोना भाइरस ‘पोजिटिभ’ देखिएको छ ।

४० वर्षीय उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको ‘ईएसपीएन’ले जनाएको छ ।

खबरका अनुसार रोनाल्डोसँगै उनका दुई सहयोगीलाई समेत कोरोना देखिएको छ ।

ब्राजिलियन रोनाल्डो फ्लोरिडाको ज्याक्सनभिल्लेमा हुने द अल्टिमेट फाइटिङ च्याम्पियनसिपको तयारीमा थिए ।

शनिबारका लागि तय भएको सो प्रतिस्पर्धा अगाडि कोरोना संक्रमण देखिएपछि उनले नाम फिर्ता लिएका छन् । उनले अमेरिकन फाइटर उरीह हलसँग खेल्ने तय भएको थियो ।

Loading...