birat ribon

ओली र दाहालको विज्ञप्ति ‘नेपाली भूमिमा भारतले सडक बनाउनु सार्वभौमसत्ता माथिको हस्तक्षेप’

Neuro
ओली र दाहालको विज्ञप्ति ‘नेपाली भूमिमा भारतले सडक बनाउनु सार्वभौमसत्ता माथिको हस्तक्षेप’

काठमाडौं, २८ बैशाख । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको प्रति आपत्ति जनाएका छन् ।

cura insider

शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले यस कदमले नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु निन्दनीय रहेको उल्लेख छ ।

विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धिसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको भन्दै दुई अध्यक्षले भनेका छन्, ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।’

दुबै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले समस्याको समाधान गर्न आग्रह गर्दै वक्तव्यमा सडक निर्माण तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै कार्य नगर्न भारतलाई भनिएको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो ।

jackson ribon