चोटबाट निको भइ प्रशिक्षणमा फर्किए स्वारेज

एजेन्सी, २८ वैशाख । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज चोटबाट निको भइ प्रशिक्षणमा फर्किएका छन् । गत जनवरीमा चोट बोकेका उरुग्वेका स्टार स्वारेज हालै टोलीसँग प्रशिक्षणमा फर्किएका हुन् ।

बार्सिलोनाले गत शुक्रबारबाट थालेको व्यक्तिगत अभ्यासा स्वारेज सहभागी भएका थिए । उनी १२ जनवरीमा चोट बोकी मैदानबाहिर रहेका थिए । घुँडामा चोट बोकेका उनले चार महिना मैदानबाहिर बस्नु परेको थियो ।

तर, शुक्रबारबाट व्यक्तिगत रूपमा प्रशिक्षण मैदान फर्किएका स्वारेजले राम्रो महशूस गरेको बताएका छन् । चोटबाट निको भएको बताउँदै उनले अब आफू टोलीसँग प्रतियोगितामा उत्रिनसक्ने बताए ।

बार्सिलोना पनि लिग पुनः सुचारु भएपछि स्वारेजले निरन्तरता दिनेमा विश्वस्त रहेको छ । ला लिगा जुनबाट सुचारु गर्ने योजना आयोजकले बनाएको छ ।

घाइते हुनुभन्दा अगाडि स्वारेजले यो सिजन १४ गोल गरेका थिए । उनले ला लिगाका ११ वटा खेल खेलेका थिए ।

Loading...