birat ribon

भारत भन्छ ‘लिपुलेक सडक आफ्नै भूमिमा बनाएको हो’

Neuro
भारत भन्छ ‘लिपुलेक सडक आफ्नै भूमिमा बनाएको हो’

विराटनगर, २८ बैशाख । भारतले तवाघाट–लिपुलेक सडक आफ्नै भूमिमा निर्माण गरेको बताएको छ ।

cura insider

शुक्रबार उद्घाटन गरिएको उक्त सडक नेपाली भूमिमा नभएको दाबी भारतको छ ।

शनिबार साँझ भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने जिकिर गरिएको छ ।

तीर्थालुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत उक्त सडक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।

अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति मात्रै गरिएको भारतको तर्क छ ।

भारत सीमासम्बन्धी विषयहरूलाई नेपालसँगको निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाअनुरूप समाधान गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

jackson ribon