birat ribon

कोरोनाको कारण २ लाख ७७ हजार ८ सय बढीको मृत्यु

Neuro
कोरोनाको कारण २ लाख ७७ हजार ८ सय बढीको मृत्यु

विराटनगर (एजेन्सी), २७ बैशाख । कोरोना भाइरस संक्रमणको कारण विश्वभर २ लाख ७७ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।

cura insider

शनिबार बेलुकासम्म विश्वभर ४० लाख ५४ हजार १ सय ८९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरस (कोभिड १९ ) को कारण अहिलेसम्म सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

अमेरिकामा ७८ हजार ८ सय ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यस्तै गएको २४ घण्टामा अमेरिकामा १ सय ८९ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

यसपछि इटालीमा अहिलेसम्म ३० हजार ३ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

गएको २४ घण्टामा इटालीमा कोरोना संक्रमण भएका मध्ये १ सय ७९ जनाको मृत्यु भएको छ ।

बेलायतमा यही समयमा ३ सय ४६ जनाको मृत्यु हुँदा हालसम्म भने ३१ हजार ५ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

jackson ribon