birat ribon

लिवियाली आक्रमणमा ७० सैनिकको मृत्यु

Neuro
लिवियाली आक्रमणमा ७० सैनिकको मृत्यु

लिविया, २७ बैशाख । संयुक्त राष्ट्रसंघको मान्यता पाएको लिवियाली सरकारी सुरक्षा फौजले पूर्वी इलाकामा समानान्तर सरकार चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तरका सैनिकलाई लक्षित गर्दै हवाई आक्रमण गर्दा ७० बढी सैनिकको हताहत भएका छन् ।

cura insider

शुक्रबार भएको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो । हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको छ । केही घाइते भएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।

राजधानी त्रिपोलीबाट १८० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा रहेको वात्या हवाई शिविर र यसको नाकाहरुमा छ राउण्ड हवाई आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय सरकारको सेनाका प्रवक्ता मोहम्मद गोनोनोले बताए ।

यो आक्रमणका कारण सयौं नागरिक पनि घाइते भएका र विस्थापित बनेका बताइएको छ ।

jackson ribon