birat ribon

हेलिकप्टरबाट सुत्केरीको उद्धार

Neuro
हेलिकप्टरबाट सुत्केरीको उद्धार

अछाम, २७ बैशाख । अछाममा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको हो ।

cura insider

नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले खबर गरेलगत्तै महिलालाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो ।

ती महिला २५ दिनअघि भटाकाटिया स्वास्थ्यचौकीमा सुत्केरी गराइएको थियो । पेटको दुखाइ बढेपछि शनिबार बयलपाटा अस्पताल पु¥याइएको थियो ।

उपचारका क्रममा सुत्केरीका पेटमा अत्यधिक रक्तश्राव भएको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा पठाइएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा. विकास गौचनले बताए ।

अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

महिला मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

jackson ribon