birat ribon

काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फर्काइए

Neuro
काठमाडौं हिँडेका पाकिस्तानी  सिन्धुलीबाट फर्काइए

सिन्धुली, २७ बैशाख । बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौ हिँडेका पाकिस्तानी नागरिक फिर्ता गरिएको छ ।

cura insider

सुनसरीबाट सिन्धुलीको बाटोबाट काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पिसिआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको माइक्रोबसलाई आज काठमाडौँ जान दिइएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको बताए ।

माइक्रोबसमा ११ जना पाकिस्तानी रहेका थिए । उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौँ हिँडेका हुन् ।

jackson ribon