birat ribon

कटहरीको तरकारी बिकेन, विराटनगरका लागि भारतबाट १४ करोडको सागसब्जी आयात

Neuro
कटहरीको तरकारी बिकेन, विराटनगरका लागि भारतबाट १४ करोडको  सागसब्जी आयात

विराटनगर, २७ बैशाख । कटहरी गाउँपालिका– ४ का नरेशकुमार सिंहले ६ विगाह जग्गामा तरकारी खेती गरेका छन ।

cura insider

तरकारी बजार पठाउने बेला लकडाउन भएपछि उनले उत्पादन गरेको टमाटर, बन्दा कोपी बारीमै कुहिदैछ । तर नजिकै रहेको विराटनगरमा भने भारतबाट तरकारी आयात भइरहेको छ ।

विराटनगर र कटहरीको दुरी पाँच किलोमिटर पनि छैन । तर नजिकै कृषकले उत्पादन गरेको तरकारी बारीमा सडिरहदा विराटनगरका लागि भने विचाैलियाले भारतबाट करोडौंको तरकारी आयात गरेका हुन ।

लकडाउन अवधि ११ चैत २०७६ देखी २३ बैसाखसम्म विराटनगर भन्सारबाट १३ करोड ५३ लाख १३ हजार मल्य बराबरको तरकारी विराटनगर प्रवेश गरेको छ । यो बैंध रुपमा भित्रिएको तथ्याङक हो । खुला सीमाका कारण अबैध रुपमा पनि तरकारी भित्रिने क्रम पनि रोकिएको छैन ।

रानी नाका हुँदै भित्रिएको तरकारीको मुख्य बजार विराटनगर हो । इटहरी र धरान पनि केही तरकारी निर्यात हुन्छ ।

‘हाम्रो तरकारी बेच्ने त बजार नै छैन ।’ नरेशकुमार उनी भन्छन् ‘ खेतमा टमाटार र कोपी कुहिएको छ ।’

कटहरी– कै कृषक शिवनाथ सिंहले पाँच विगाह जग्गामा खेती गरेका छन । उनले लगाएको तरकारी पनि बारीमै कुहिदैछ ।

बजार नपाउँदा उनले ठूलो नोक्सानी ब्योहोनुए परेको छ । शिवनाथ र नरेश जस्तै कटहरीमा तरकारी खेती गर्ने अधिकांश कृषकको उत्पादन बजार नपाएर बारीमै छन ।

कृषकको तरकारी बारीमै सडिरहेको अवस्थामा विराटनगर रानी तरकारी आयात भइरहेको छ ।

सहकारीको तरकारी बेच्ने प्रयास, बजारमा बिचौलिया हाबी

कृषकले उत्पादन गरेको तरकारी विक्री नभएपछि जिल्ला सहकारी संघ मोरङको पहलमा तरकारी तथा फलफूल थोक विक्री केन्द्र विराटनगर मार्फत विक्री गर्ने व्यावस्था मिलाइएको छ । तर यसरी भित्रिएको तरकारीको ग्राहक सिमित छन ।

बारीबाट कृषकले सस्तो मुल्यमा तरकारी दिन्छन । तर बिचौलिया हुँदै उपभोक्तासम्म पुग्दा तरकारीको मुल्य आकासिन्छ ।

कृषक र उपभोक्ताबीचमा बिचौलिया हुँदा समस्या आएको उपभोक्ताबादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन । ‘बजारमा बिचौलिया हाबी भए ।’ उनी भन्छन् ‘बिचौलियाँ कटहरी पुग्दैनन्, भारतबाट ल्याएर मनाेमानी रूपमा बेच्छन् ।’

भारतबाट ल्याएको सामाग्री मनोमानी रुपमा बिक्री गर्न पाउने भएका कारण बिचौलिया हाबी भएको उनको गुनासो छ । ‘स्थानीय बजारको सामाग्री ल्याउँदा मूल्य राज्यको नियन्त्रणमा रहन्छ ।’ उनी भन्छन् ‘ आयात गर्ने बिचौलियाले मनोमानी रुपमा मूल्य बढाउँछन ।’

फलफूल आयत पनि उस्तै

रानी नाकाबाट २६ करोड मुल्य बराबरको फलफूल आयात भएको छ । ४ करोड ६३ लाख २१ हजार बरारको १७ लाख २६ हजार ६ सय ७१ केजी आलु आयात भएको छ ।

२ करोड ७३ लाख ५८ हजार मुल्य बरावरको ६ लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ । ७६ लाख ४० हजार रुपैँयाको ८४ हजार केजी लसुन आयात भएको छ ।

त्यसैगरी ५ करोड ३९ लाख ९४ हजार बरावरको ९ लाख ८४ हजार ९५ केजी हरियो तरकारी आयात भएको छ । हरियो तरकारीहरुमा परवल, भिन्डी, करेला , खोर्सानी लगायत छन ।

विराटनगर भन्सारबाट सबै भन्दा बढी आयात भएको फलफूल स्याउ हो । लकडाउन अवधीमा २३ करोड ४० हजारको स्याउ आयात भएको छ ।

त्यसैगरी ११ लाख ८० हजारको अम्बक र आँप १४ हजार ७ सय ७० केजी आयात भएको छ । ३४ लाख ४२ हजारको सुन्तला ६३ हजार ९ सय ५९ केजी आयात भएको छ ।

७७ लाख ८८ हजारको कागती तथा अमिलो फलफूल ९२ हजार केजी अयात भएको छ ।

खाद्यान्न र दलहनको आयात पनि प्रशस्त मात्रमा भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

१६ करोडको दलहन आयात भइरहदा ६३ करोडको खाद्यान्न आयात भएको छ । दलहनमा केराउ दाना ११ करोड ५० लाख २५ हजारको १९ लाख ८८ हजार २ सय केजि आयात भएको छ । बोडी ८१ लाख ८० हजारको ७५ हजार केजी आयात भएको छ ।

त्यसैगरी खाद्यान्नमा सबै भन्दा बढी मकै आयात भएको देखिन्छ । मकै २८ करोड ५७ लाख ६४ हजारको ८४ लाख १३ हजार ३ सय ५१ केजि आयात भएको छ ।

१९ करोड ३ लाख ४२ हजारको धान ३३ लाख ४ हजार ९ सय केजी धान आयात भएको छ । गहु,जौ र जुनेलो गरेर ६ करोड ११ लाख ८४ हजारको १८ लाख ४८ हजार ६ सय ३० केजी आयात भएको छ ।

८ करोड ५३ लाख १० हजारको चामल र कनिका १७ लाख ९७ हजार ६ सय ६० केजी आयात भएको छ । २७ लाख ८ हजारको फापर र कोदो ८२ हजार केजी आयात भएको छ ।

jackson ribon