birat ribon

कोरोना सम्बन्धी जानकारी दिन कोभिडएनपी एप

Neuro
कोरोना सम्बन्धी जानकारी दिन कोभिडएनपी एप

काठमाडौं, २७ बैशाख । कोरोना भाइरस (कोभिड–१९) क्राइसिस् मेनेजमेन्ट सेन्टर (सिसीएमसी– ओपिसी) को औपचारिक एप कोभिडएनपीको सुरु गरिएको छ ।

cura insider

उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा आज आयोजित समारोहमा एप डाउनलोड गर्दै उद्घाटन गरे । ।

सम्भावित बिरामीको पहिचान गरी समयमा नै दू्रत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले एप निर्माण गरिएको हो ।

यो एपबाट कोभिड– १९ रोगका लक्षण, सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी दिइने छ ।

प्रयोग गर्ने व्यक्तिलाई सोधिएको प्रश्नका आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोगकर्तालाई हरियो, पहेँलो र रातो गरी तीन श्रेणीमा विभाजन गरी आवश्यकताअनुसार पत्ता लगाउन सक्ने व्यवस्था गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड– १९ को विश्वव्यापी महामारी र नेपालको हालको अवस्था, सो को रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थाका सम्बन्धमा भएर गरेका मुख्य कार्य, भावी रणनीति तथा कार्यनीतिबारे।जानकारी दिइयो ।

समारोहमा रक्षामन्त्री रहेका उपप्रधानमन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयासको खाँचो रहेको बताए ।

jackson ribon