birat ribon

बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन पत्रकारहरुको सुझाव

Neuro
बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिन पत्रकारहरुको सुझाव

काठमाडौं, २७ बैशाख । आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादन बढाउने गरी बजेट बनाउन आर्थिक पत्रकारहरुले सुझाव दिएका छन् ।

संसदको अर्थ समितिमा भएको छलफलमा पत्रकारहरुले उत्पादनका क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै साना तथा मझौता उद्योगिहरुका लागि राहतका कार्यक्रम ल्याउन सुझाव उनीहरुको छ ।

cura insider

गरिबीको रेखामुनि रहेका कृषकहरुलाई पूर्ण रुपमा अनुदान दिनुपर्ने, किसानका उत्पादन किन्ने ग्यारेण्टी सरकारले गर्नुपर्ने सुझाव पनि उनीहरुको छ ।

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष भीम गौतमले संघ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनुपर्ने बताए ।

कृषिका लागि आवश्यक मल, विउ र उपकरण खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने सुझाव उनले दिए ।

साना तथा मझौला उद्योगहरुलाई सरकारले ६ महिनासम्मको भाडा बापतको रकम सतप्रतिशत अनुदान दिनुपर्ने, ब्याजमा लाग्ने जरीवना ६ महिनासम्म नलाग्ने व्यवस्था गर्न पनि उनको सुझाव छ ।

नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष सिताराम कोइरालाले अनावश्यक खर्च कटौतीतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जलविद्युत विकासको क्षेत्रमा आकार्षित गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

२ खर्ब १६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अहिलेको अवस्थालाई जलविद्युतको विकासले विस्थापित गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अझै सञ्चारमाध्यमले सरोकारवालाहरुसँग बसेर प्राथमिकताका क्षेत्र छुट्याएर सुझाव दिए सरकारलाई भन्न सकिने अवस्था आउने बताए ।

समितिले शनिबार कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटका प्राथमिकताका विषयमा सञ्चार क्षेत्रसँग छलफल गरेको हो ।

jackson ribon