birat ribon

महिना दिनपछि काँकडभिट्टा नाका खुल्यो

Neuro
महिना दिनपछि काँकडभिट्टा नाका खुल्यो

झापा, २७ बैशाख । झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुलेको छ ।

cura insider

२६ चैतबाट भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प रोकिएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट शनिबार ३० मालवाहक गाडी नेपाल आएको बताए । सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला तथा पाँच गाडीको सिल खोल्न बाँकी भएको बताए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको भन्दै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेको हो ।

भारतले पानी ट्यांकी नाका भारतले बन्द गरेपछि कलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

तर भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी गराएको भन्दै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताए ।

खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उनले बताए ।

jackson ribon