birat ribon

शनिबारबाट खुल्यो काँकडभिट्टा नाका,३० मालबहाक सवारी भित्रिए

Neuro
शनिबारबाट खुल्यो काँकडभिट्टा नाका,३० मालबहाक सवारी भित्रिए

काँकडभिट्टा, २७ बैशाख । एकमहिना यता बन्द रहेको झापाको काँकडभिट्टा स्थित पूर्वी नाका शनिबारबाट खुला भएको छ ।

२६ चैतमा भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा बन्द गरेको नाका शनिबारबाट खुलेको हो ।

cura insider

नाका बन्द हुँदा आयातनिर्यात ठप्प भएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट शनिबार ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए ।

सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको उनले बताए ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले शनिबार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताए ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो ।

कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।रासस

jackson ribon