कोरोना संक्रमणको त्रासले आमाको मृत्यु संस्कार गर्नबाट छोरा बञ्चित !

पाँचथर , २७ बैसाख । कोरोना भाइरस संक्रमणको त्रासले गर्दा पाँचथरमा एक व्यक्त्ति आफनै आमाको मृत्यु सँस्कारमा सहभागी हुनबाट बंचित भएका छन ।

शुक्रबार निधन भएकी फालेलुङ २ कि ६५ बर्षिय रामबुङ राइको मृत्यु संस्कारमा इलामको माइनगरपालिकाबाट आएका कान्छा छोरा र आफन्तहरुसंक्रमणको त्रास भन्दै गाउँ आउन नपाएपछि मृत्यु सँस्कारबाट बंचित भएका हुन ।

आमाको अन्तिम दाहसँस्कार गर्न नपाएपनि काजरियामा सहभागी हुने आशलिदै आएपनि गाउँ जान नपाएपछि बाटोबाटै फर्कनु परेको कान्छा छोरा भगिराज राइले बताए । उनि पत्नी र आफन्तलाई लिएर मृत्यु सँस्कारमा सहभागी हुन आएका थिए ।

झापाको बुधवारे हुँदै शुक्रबार दिउँसो अवेर फालेलुङका लागि हिडेका उनीहरुलाई पाँचथर प्रशासनले इलाम र पाँचथरको सिमानामा पर्ने राँकेमा सोधपुछ गरेर स्वास्थ्य परिक्षण गराएको थियो ।

प्रशासनको सवारी अनुमती पत्र लिएर आएका उनीहरुलाई फालेलुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलबहादुर खत्रीले क्वारेन्टाइनमा नबसी मृत्यु सँस्कारमा सहभागी हुन नपाउने बताएका थिए ।

कोरोना संक्रमणको त्रासले छोरा आउन नपाएपछि नातामा काका पर्नेले भागिराजकी आमाको काजकर्म बारिरहेका छन ।

गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले पालिकामा बाहिरबाट आएकाहरु ३१ जना अझै क्वारेन्टाइनमा बसिरहेको र छोरा उनकी पत्नी बाहेकलाई क्वारेन्टाइनमा राख्ने भनेपछि उनीहरु रिसाएर फर्किएको बताए ।

उनले भने , छोराबुहारीलाई हामीले आउनु नै भनेका हौ तर ९ जना सम्म नयाँ मान्छे आउनेभएपछि हामीले क्वारेन्टाइमा बस्न भनेका थियौ रिसाएर फर्किएछन । ’ ‘अझै पनि छोराबुहारी मात्रै आए कुनै रोक नलगाउदैनौ’ अध्यक्ष केरुङले भने ।

फालेलुङ गाप २ का अध्यक्ष तिलबहादुर खत्रीले काजकिरियाबाट बंचित भएर फर्केपछि शनिवार भने गाउँपालिकाका वडा अध्यक्ष आफैले काजकर्मकालागि आउन आग्रह गरेका छन । भने ,‘गाउँ आउनेहरुले अनिवार्य क्वारेन्टाइन बस्नु पर्छ भनेपछि छोरा भगिराज र आफन्तहरु आफै राँकेबाटै फर्किएका रहेछन हामीले त्यो थाहा पाएर गाडी भाडा वडाले नै तिरिदिन्छौ भनेर बोलाएका छौ आउँछन होला आज ।’,

Loading...