birat ribon

प्रहरी माथि हातपात गर्ने चिनियाँविरुद्ध अभद्र व्यवहार मुद्दा

Neuro
प्रहरी माथि हातपात गर्ने चिनियाँविरुद्ध अभद्र व्यवहार मुद्दा

काठमाडौं, २७ बैशाख । शुक्रबार नेपाल प्रहरी माथि हातपात गर्ने चिनियाँ नागरिकलाई अभद्र व्यवहार मुद्दा चलाइने भएको छ ।

cura insider

सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका चारजनालाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिने बताए ।

शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ र गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ ।

उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडेर सिंहदरबार आएका थिए । रासस

jackson ribon