birat ribon

लिपुलेक मिचिएपछि विराटनगरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

Neuro
लिपुलेक मिचिएपछि विराटनगरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

विराटनगर, २७ बैशाख । नेपाली भूमि मिचेर लिपुलेकमा सडक निर्माण गरेपछि विराटनगरका युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन\ ।

शनिबार स्वतन्त्र युवा समूह बिराटनगरले सीमावर्ती क्षेत्र रानीमा मोदीको पुत्ला दहन गरेको हो ।

cura insider

समुहका अध्यक्ष हमिद आजादको नेतृत्वमा पुगेका युवाहरूले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता गर्न पनि माग गरे ।

उनीहरूले नेपाल माथिको भारतीय हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरे । सीमा मिचिएको विषयमा सरकार मौन बस्न नहुने भन्दै भारतकाे कदमप्रति नाराबाजी गरे ।

नाराबाजी गर्न पुगेका युवाहरूले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता गरी नेपाली भूमि फर्ता गर्न माग गरेकाे हमिद आजादले बताए ।

शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेकाे थियाे ।

नेपाली पक्षसँग सल्लाह भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण गरेपछि भारतकाे कदम विरूद्ध जनता अाक्राेशित बनेका छन । गरेको हो ।

शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेको थिए ।

सरकारको कडा आपत्ति

भारतले नेपाली भूमी लिपुलेकमा शुक्रबार सडक उद्घाटन गरेपछि सरकारले कडा आपत्ति जनाएको छ । शुक्रवार भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रवार धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग हो ।

दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका सामधान खोज्ने निर्णय भएपनि भारतको कदम समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

jackson ribon