birat ribon

भारतले लिपुलेकमा सडक बनाएपछि नेपालको कडा आपत्ति

Neuro
भारतले लिपुलेकमा सडक बनाएपछि नेपालको कडा आपत्ति

काठमाडौं, २७ बैशाख । भारतले शुक्रबार नेपाली भूभाग लिपुलेक हुँदै मानसराेबर जाने सडक उद्घाटन गरेपछि नेपाल सरकारले कडा आपत्ति जनाएको छ ।

cura insider

भारतले पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले कडा आपत्ति जनाएको हो ।

शुक्रबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियाे कन्फ्रेन्स मार्फत धार्चुला लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी भारतको कदम प्रति निन्दा गर्दै कडा आपत्ति जनाएको हो ।

सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग हो ।

गत वर्ष भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा ती क्षेत्र भारतमा रहेको जनाएको थियो । नोभेम्बरमै कूटनीतिक नोटमार्फत् सरकारले आफ्नो भूमिका बारेमा जानकारी गराएको थियो ।

दुई देशबीच प्रधानमन्त्रीस्तरमै सीमासम्बन्धी विवाद आपसी समझदारीका सामधान खाेज्ने निर्णय भएपनि भारतकाे कदम समझदारीको विरुद्धमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

jackson ribon