birat ribon

लकडाउनका कारण घाटमा शव घट्यो, रातमा दाहसंस्कार गर्न रोक

Neuro
लकडाउनका कारण घाटमा शव घट्यो, रातमा दाहसंस्कार गर्न रोक

चितवन, २७ बैशाख । कोरोना संक्रमण जोखिमका कारण देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो ।

Padelux insider
cura insider

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मिक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापनसमेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकिएको हो ।

सुरक्षाका हिसाबले पनि राति उपयुक्त नहुने उनले बताए । ‘रातको समय गङ्गा विश्रामको समय पनि हो ।’ उनले भने ‘ शास्त्रीय मान्यताअनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन ।’

राति नदी बढ्न सक्ने र शङ्कास्पद शव आउन सक्ने भएकाले रातको रोकिएको उनले बताए ।

समितिले दाहसंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ । दाहसंस्कारका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको छ । त्यसवापत एउटा शवका लागि तीन हजार ५०० दाउरा र ५०० वातावरण शुल्क लिने गरेको छ ।

गरिबका लागि निःशुल्क गरिँदै आएको छ । राति १० बजेपछि आउने शवलाई शव प्रतीक्षा भवनमा राखेर बिहान ४ बजेदेखि दाहसंस्कार गर्न भनिएको छ ।

आधा घट्याे शव

लकडाउनसँगै दाहसंस्कारका लागि आउने शव आधा भन्दा कम भएको छ ।

पौडेलका अनुसार त्यसअघिका समयमा दैनिक १५ वटा हाराहारी शव दाहसंस्कारका लागि ल्याउने गरेको भए पनि पछिल्लो समय आधा घटेको छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ ।

समितिले दाहसंस्कारका लागि आउँदा २५ जनाभन्दा बढी नआउन अनुरोध गरेको छ ।

देवघाटमा दाहसंस्कारका लागि आउने मलामीले न्यूनतम आचरणसमेत पालना नगरेको भन्दै पौडेलले बताए । मलामी आउनेहरु शोक मुद्रामा हुनुपर्नेमा मलामीले मदिराको भट्टी पसलसमेत खोज्दै हिँड्ने गरेको उनको गुनासो छ । “देवघाटको गरिमा मर्यादा र आचरणको ख्याल गर्नु पर्यो ।’ उनले भने ।

अन्त्येष्टिपछि फर्कंदा गङ्गामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उनी बताउँछन । रासस

jackson ribon