काठमाण्डौ , ७ बैसाख । नेपाली भूमी अतिक्रमण गरेको बिरोधमा भारतीय दुतावास अगाडी प्रर्दशन गर्न हिँडेका बिद्यार्थीहरुलाई रिहा गर्न अनेरास्ववियुका नेता वसिम आलमले माग गरेका छन ।
नेपालको पश्चिमतर्फको सिमाना मिचेर भारतले चीनसम्म सडक निर्माण गरेको भन्दै शनिवार शनिवार काठमाण्डौमा प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेता आलमले उनीहरुको रिहाईको माग गरेका हुन ।

नेपाली भुमी अतिक्रमणको बिरुद्ध भारतिय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा अनेरास्ववियूका केन्द्रिय नेता सुदेश पराजुली, अशोक थापा, महेश श्रेष्ठ, उत्तर खड्का, न्युसन लामिछाने, पुर्ब नेताहरु बिनोद खुलाल, प्रेम प्रधान लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका सबैलाई तत्काल रिहा गर्न अनेरास्ववियुका केन्द्रिय सदस्य वसिम आलमले माग गरेका छन । अनेरास्ववियू सत्ताधारी दल नेकपाको भातृ संगठन हो ।
अनुमति बिनै पश्चिमतर्फ दार्चुला जिल्लाको कालापानीमा फौज राखेर नेपाली भूमी कब्जा जमाउदै आएको भारतले झन नेपाली भूमी लिपुलेक अतिक्रमण गरेर चीनको मानसरोवर जाने बाटो बनाएको छ ।