birat ribon

विदेशमा अलपत्र नेपालीको पीडा : जन्मभूमि र कर्मभूमि दुवैतिरबाट हेला भइयो

Neuro
विदेशमा अलपत्र नेपालीको पीडा : जन्मभूमि र कर्मभूमि दुवैतिरबाट हेला भइयो

माधव काफ्ले

cura insider

विराटनगर, २७ वैशाख । ‘‘जन्मभूमि र कर्मभूमि दुवैतिरबाट हेला भइयो’’, अहिले वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका प्रायः नेपालीले आफ्ना आफन्तलाई फोनमा यहीँ सुनाउँछन् ।

यस्तै पीडा घरमा राख्छन्, मोरङको बुढीगंगा–१ गंगाचौक घर भइ हाल युएईमा रहेका केपी भट्टराई । केपी तीन वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गएका थिए । युएईको पर्यटन क्षेत्रमा ड्राइभरको रूपमा काम गर्दै आएका उनी तीन वर्ष भएसँगै घर फर्किने तयारीमा थिए । तर, कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि युएईले लकडाउन जारी गर्‍यो । र, उनी त्यहीँ अड्किनु पर्‍यो ।

हाल युएई र नेपालमा मात्र नभएर विश्वका प्रायः देश लकडाउनमा छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि विश्वले लकडाउनका गरेको हो । त्यसबाहेक सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका पनि बन्द गरेको छ ।

नेपाल सरकारले १८ जेठसम्म अन्तर्राष्ट्रिय उडानमा र सीमानाका बन्द गरेको छ । यसरी सीमानाका र अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किन पाएका छैनन् । र, विदेशमा पनि उनीहरूले अलपत्र अवस्थामा रहनुपरेको अवस्था रहेको छ । यस्तै पीडा सुनाउँछन्, केपी पनि ।

अहिले केपी चालीस दिनदेखि विनाकाम कोठामै थन्किएका छन् । कम्पनीले पाल्न नसक्ने बताउँदै उनलाई स्वदेश फर्किन आग्रह गरेको छ । तर, नेपाली राजदूतावासले भने खासै चासो नदिएको उनी गुनासो गर्छन् ।

उनले काम गर्ने कम्पनीमा उनीजस्तै पीडामा अन्य चार नेपाली पनि रहेका छन् । जो, स्वदेश फर्किने मन हुँदाहुँदै पनि फर्किन पाएका छैनन् । उनीहरू दूतावासले आफूहरूलाई नेपाल फर्काउन पहल नगरेको गुनासो गर्छन् । पटक–पटक फोन गर्दा पनि दूतावासको फोन नउठेको केपीको भनाइ छ ।

‘दूतावास अबुधाबीमा रहेको छ । लकडाउनका कारण त्यहाँ पुग्न सम्भव छैन । यसैले यहाँबाट हामीले पटक–पटक फोन गरिरहेका छौं । तर, फोन उठिरहेको छैन’, केपीले भने ।

चालीस दिन काम गर्न नपाउँदा आर्थिक अभाव सुरु हुन थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘धेरै दिन भएका कारण अब त आर्थिक समस्या सुरु हुन थालेको छ । १–२ महिना खाने पैसा गोजीमा थियो । यसैले दिन कट्दैछ । तर पैसा सकिएपछि के गर्ने हो केही ठेगान छैन ।’ यद्यपि, कम्पनीले आफूहरूलाई बस्ने व्यवस्था गरिदिएको उनको भनाइ छ ।

केपी प्रायः घरमा फोन गर्दैनन् । घरमा फोन गरेमा प्रायः कोरोनाको प्रकोपकै कुरा हुनेभएपछि घरमा फोन गर्न छोडेको उनी सुनाउँछन् ।

यता, केपीकी अमा मैया पनि विदेशमा रहेको छोरोको स्वास्थ्यको विषयलाई लिएर आफू चिन्तित भएको बताउँछिन् । ‘घरमा फोन गरिहाल्यो भने पनि कोरोनाकै कुरा हुन्छ । फर्किने बेलामा लकडाउन भयो । आउन सकेको छैन । हाम्रो पुकार कसले सुनिदिने ?’, उनी भन्छिन् ।

कोरोनाका कारण १ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १६ हजार नाघेको छ । ३ हजार ८ सय ३७ जना भने उपचारपछि घर फर्किएका छन् ।

jackson ribon