अमेरिकन आइडलका प्रतिस्पर्धी दिवेशको समर्थनमा काठमाण्डौमा प्रदर्शन

काठमाडौं, २७ वैशाख । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो ।

गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमासमेत ब्यानर प्रदर्शनमा आएकी थिइन् । आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।

शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमासहित स्थानीयहरूले कलंकी मन्दिर परिशरमा ब्यानर प्रदर्शन गरेका हुन् । स्थानीयहरूले गायक पोखरेको समर्थनमा भोटिङ अभियानसमेत सुरु गरेका छन् ।

समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए ।

युवा गायक पोखरेलको समर्थनमा भोटिङ गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।

Loading...