birat ribon

प्रदेश १ मा कोरोना : ३४ पुग्यो संक्रमितको संख्या, १४ जना निको भए

Neuro
प्रदेश १ मा कोरोना : ३४ पुग्यो संक्रमितको संख्या, १४ जना निको भए

विराटनगर, २७ बैशाख । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।

शनिबार उदयपुरको त्रियुगा नगरपालिका ३ मा भुल्केमा थप तीन जना महिलामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३४ पुगेको हो । देशभरमा संक्रमितकाे संख्या १०९ पुगेकाे छ ।

cura insider
संक्रमण मुक्त भएकाहरूलाइ डिस्चार्ज पुर्जी हस्तान्त्रण गर्दै चिकित्सक

संक्रमण पुष्टि भएकाहरुलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ल्याइदैछ ।

काेभिड १९ उपचार केन्द्रमा भर्ना भएका मध्ये १४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

शुक्रबार ८ जना र बुधबार ६ जना कोरोना उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन । डिस्चार्ज भएका मध्ये ७ जना भारतीय नागरिक छन । २ जना विराटनगरका र ५ जना उदयपुरका छन ।

कोरोना उपचार केन्द्रमा १७ जना उपचार गराइरहेका छन । उपचार गराइरहेका मध्ये १ जना भोजपुर र २ जना झापाका हुन । १५ जना उदयपुरको भुल्केमा संक्रमण देखिएकाहरु हुन । शनिबार थप तीन जना थपिएपछि उपचार गराउनेको संख्या २० पुग्नेछ ।

५ बैशाखमा उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ६ बैशाखमा १ जना, ८ र ९ बैशाखमा थप १५ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना अस्पतालमा उदयपुरका मात्र २८ जना भर्ना भएका थिए ।

शंकास्पदको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट

कोरोना संक्रमण फैलिएको मुस्लिम बस्तीमा पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस अघि संकलन परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

रि–स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । उदयपुरबाट पून संकलन गरिएको नमुना परीक्षण जारी रहेको उनले बताए ।

jackson ribon