Rumpum Advertisement

स्वास्थ्य र सुन्दरताको लागि ‘भिटामिन ई’

Neuro Revised Adv
Koshi Dashain ad
स्वास्थ्य र सुन्दरताको लागि ‘भिटामिन ई’

भिटामिन ई स्वास्थ्यका लागि मात्र नभएर सुन्दरताको लागि अत्यन्त लाभदायक मानिन्छ ।

भिटामिन ई धेरै जसो फलफूल, तेल र सुख्खा फलहरूमा पाइन्छ । विशेष गरी सोयाबीन, जैतुन, भेजिटेबल तेल, साग, एलोभरा, एवोकाडो नट्स, तथा अन्य धेरै चीजहरूमा भिटामिन ई पाइन्छ । भिटामिन ई ले शरीरमा रातो रक्त कोशिकाको निर्माणमा मद्दत गर्छ । गर्भावस्थामा भिटामिन(ई सेवनले बच्चालाई एनीमियाबाट बचाउँछ ।

अनुसन्धानका अनुसार, शरीरमा भिटामिन ईको अधिक मात्रा हुने मानिसहरूलाई हृदय रोगहरूको जोखिम कम हुन्छ । यसले महिनावारी रोके पछि महिलामा ह्रदय स्ट्रोकको सम्भावना पनि कम गर्छ ।

भिटामिन ईको सेवनले मधुमेह, अल्जाइमर जस्ता समस्याहरूको जोखिम कम गरि क्यान्सरसँग समेत लड्न मद्दत गर्दछ । एउटा अनुसन्धानका अनुसार क्यान्सर हुने मानिसहरूको शरीरमा भिटामिन ईको मात्रा हुन्छ ।

भिटामिन ई ले स्तन क्यान्सरको रोकथाम, एलर्जीको रोकथाम, कोलेस्ट्रोलको मात्रा घटाउने, शरीरमा फ्याट्टी एसिडहरूको सन्तुलन कायम राख्नुका साथै थाइरोइड र पिट्युटरी ग्रंथीको कार्यमा हुने समस्यालाई रोक्छ ।

प्रतिरक्षा प्रणाली मजबूत बनाउन उपयोगी हुने भिटामिन(ई को कमीले मानसिक रोगको सम्भावना बढाउने देखिन्छ । भिटामिन ई धेरै जसो छालाको सामग्रीहरूमा पनि प्रयोग गरिएको हुन्छ ।

भिटामिन ई छालाको सबै तहहरूमा फोहोर र मृत कोशिका सफा गरेर एक उत्कृष्ट क्लीन्सर हो । यसमा हुने एन्टीअक्सिडेन्टले छालामा बुढेसकालको प्रभावलाई कम गरि चाउरीपनको समस्याबाट जोगाउछ ।

भिटामिन ई ले छालाको कोषहरूलाई पुन निर्माण गर्न मद्दत गर्छ जसकारण अनुहारका दागहरू हराएर जान सक्छ । भिटामिन ई ले छालालाई घामबाट आउने हानिकारक पराबैंगनी किरणहरूबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।