birat ribon

झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Neuro
झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा, २७ बैशाख । ट्रकको ठक्करबाट झापामा एकजनाको मृत्यु भएको छ । ईलाम चुलाचुली– ४ का ३१ वर्षीय रणबहादुर लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हो ।

cura insider

शुक्रबार साझ झापाको कमल गाँउपालिका– ५ पाडाजुंगी स्थित राजमार्गमा पूर्व तर्फ जादै गरेको ना६ख ५४०१ नम्बरको ट्रकले बिपरीत दीशाबाट आउँदै गरेको बा६८ प ९७७० नम्बरको मोटरसाईकललाइ ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक लिम्बुको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon