birat ribon

भुल्केमा ‘रि-स्वाब’ संकलन गर्दा तीन जनामा देखियो कोरोना

Neuro
भुल्केमा ‘रि-स्वाब’ संकलन गर्दा  तीन जनामा देखियो कोरोना

विराटनगर, २७ बैशाख । कोरोनाको हटस्पट मानिएकाे उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा पून तीनजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

भुल्केबाट दाेस्राे पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षा गर्दा तीन महिलामा कोरोना संक्रमण देखिएको हो ।

cura insider

भुल्केमा रहेकाे नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ मुस्लिम धर्म प्रचारक जमातीमा गत ५ बैशाखमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै ८ बैशाखमा अन्य १६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित मध्ये १४ जना काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका छन । काेराेना मुक्त भएपछि शुक्रबार ८ जना र बुधबार ६ जना डिस्चार्ज भएका थिए ।

शंकास्पद लागेपछि भुल्केमा पून संकलन गरिएको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्दा तीनजनामा काेराेना पोजेटिभ देखिएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

शुक्रबार राति परीक्षण गर्दा भुल्केका १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको हो । तीनै जना यस अघि संक्रमण पुष्टि भएकाहरूकाे कन्ट्याक ट्रेसिङमा परेका हुन ।

‘ उहाँहरुको रिस्वाब संकलन गरिएको हो ।’ डाक्टर मेहताले भने ‘ भुल्केमा संकलन भएको स्वाबको परीक्षण जारी छ ।’

भुल्केबाट काेशी अस्पतालमा २३७ जनाकाे नमुना परीक्षणका लागि आएकाे छ । ती मध्ये आधा नमुना परीक्षण गरिएकाे काेशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन ।

संक्रमण पुष्टि भएकाहरूलाई विराटनगर ल्याउने तयारी भइरहेको छ ।

jackson ribon